मेरो नाम, राजन, को अर्थ के हो ?
"राजन" शब्द संस्कृतबाट लिइएको हो । संस्कृतमा राजनले राजा जनाउँछ । म हिन्दू भएपिन धेरैजसो हिन्दू र बौद्ध धर्मावलम्बीहरुले यो नाम राख्दछन् ।
राजन नाम गरेका व्यक्तिहरु नेपाल, भारत, मलेसिया, तथा अन्य राष्ट्रहरुमा पाइन्छन् । धेरै दक्षिण भारतवासीहरुको थर राजन पनि हुने गरेको छ ।
हाम्रो छोराको नाम, रजत, को अर्थ के हो ?
"रजत" शब्द पनि संस्कृतबाट लिइएको हो । संस्कृतमा "रजत" भनेको "चाँदी" अथवा "उज्यालो" हो ।
मेरी श्रीमतीको नाम, शबनम, को अर्थ के हो ?
"शबनम" शब्द उर्दूबाट लिइएको हो । उर्दूमा "शबनम" ले "बिहानी तुषारो" जनाउँछ । मेरी श्रीमती हिन्दू भएपनि धेरैजसो इस्लाम
धर्मावलम्बीहरुले यो नाम राख्दछन् । कतिपय तुर्की महिलाहरुको पहिलो नाम "शेबनेम" हुन्छ ।
बिहानी तुषारो
अर्को बिहानी तुषारोको तस्विर यहाँ छ
|