नेपाल थरको
इतिहास
शुरुवात

२००,००० देखि ३००,००० वर्ष पहिले


होमो सेपियन्स, पहिलो आधुनिक मानव, पूर्वी र दक्षिणी अफ्रिकामा (माथि चित्रित) विकसित भए र बसोबास गर्न थाले ।

७०,००० देखि १००,००० वर्ष पहिले


होमो सेपियन्स अफ्रिकी महाद्वीपबाट युरोप र एशियाको भागहरुमा बसाई सुरु गर्न थाले । कतिपय आर्कटिक क्षेत्र (माथि चित्रित), आर्यहरूको मूल घर, बसाई सरेका छन् ।

१२,००० देखि १५,००० वर्ष पहिले


बरफ युगको हिमनदीको कारण उत्तरी ध्रुवबाट हाम्रा पुर्खजहरु (आर्यन) सरे । तिनीहरूको महान यात्रा दक्षिण र दक्षिण-पश्चिम तर्फ थियो, अर्थात् इरान, भारत, ग्रीस, रुस, जर्मनी र अन्य युरोपेली देशहरूतर्फ थियो । हाम्रा पुर्खाहरू आर्यन मातृभूमिको स्थान आर्यनाम भाएहो, मध्य एशियाको इरानी पठार वरपर, मा (माथि चित्रित) बसोबास गरे ।

१५०० ईसा पूर्व


प्राकृतिक प्रकोपका कारण हाम्रा वंशज आर्यहरू बसाइँ सरे र सिन्धु नदी घाटी बेसिन - पाकिस्तान (माथि चित्रित) पुगे । त्यहाँ गाढा छाला भएका मूल निवासी वासिन्दाहरु (द्राविडहरू) सँग सम्मिलित भएर बसेका थिए ।

१३०० देखि १००० ईसा पूर्व


त्यसपछि ऋग्वेदिक कालमा हाम्रा पुर्वजहरु त्यस उपत्यकाबाट पूर्व तथा दक्षिणतर्फ (भारत) लागे । उनीहरुको पहिलो यात्रा सप्तसिन्धु (कश्यप गिरी अर्थात् हिन्दू कुश पर्वत) तिर रह्यो । ती मध्ये शकहरु शकद्वीप हुँदै दक्षिणतिर मध्य भारत छिरे । खसहरु (हाम्रा पुर्वज) पूर्व हिमालय (मानस प्रदेश) सिन्ध र मध्य मेरुको उत्तरी पहाड, पामिर प्लाटु, युराल र चित्राल, जालन्धर पहाड, र काश्मीर उपत्यकातिर लागे । त्यसपछि हाम्रा पुर्खाहरु पश्चिम बद्रिनाथतिर रहे ।

७०० ईसा पूर्व


त्यतिखेर उनीहरुले ब्राह्मण पाठपुजा फैलाए र जातिभेदको थालनी गरे । त्यसपछि हाम्रा पुर्खाहरु लगभग २००० वर्ष पश्चिम बद्रिनाथतिर (माथि चित्रित) रहे ।

मध्यकालीन नेपाल

१३ औं शताब्दी ई.


पर्वत पण्डित (५६ औं पुस्ता) बद्रीनाथ छोडेर कर्णाली प्रदेशको जुम्ला (सिंजा सेरिढुस्का गाउँ) सिन्जा उपत्यका (माथि चित्रित) प्रवेश गरे । उनका दाजु सुबल पण्डित बद्रीनाथमै बसे । सिन्जा उपत्यकालाई पश्चिमी मल्ल वा खस राज्यको राजधानी सहर मानिन्छ। १४औं शताब्दीमा, खस राज्य "बाइसे राज्य" भनेर चिनिने २२ साना राज्यहरूमा विभाजित भयो।


ई.स. १२७०


एक चाँदीपत्रमा श्री शाके ११९२ माघ ५ गते (वि.सं. १३२७, ई.स. १२७०) खस राजा अक्षयमल्ल देव (सम्राट जितारी मल्ल, त्यसबेलाका प्रसिद्ध राजा अशोक मल्लका छोरा, का जेठा छोरा) ले सर्वज्ञधर पण्डितलाई नेपा गाउँको विर्ता दिएको उल्लेख छ । नेपा गाउँको विर्ता पाएको हुनाले सर्वज्ञधर (र उनका सन्तानहरु) नेपाल कहलिन थालेका हुन् । त्यस अघि हामीहरुलाई थरी पण्डित भन्ने गर्दथे ।

१४ औं शताब्दी ई.


समग्रमा भन्नु परे नेपाल थर कौशिकादी परिवार अन्तर्गत पर्दछ । खस ब्राह्मण अन्तर्गत २८४ थर छन् र ती मध्ये नेपाल थर एक हो । यसको शुरुवात नेपा (दुल्लु, दैलेख जिल्ला, भेरी अन्चल) मा भएको हो । नेपालहरुको धार्मिक स्थल दुल्लु विजयनगर स्थित सिरस्थान देवता (माथि चित्रित) - दुल्लु ज्वालाजी (तलको चित्र) भनेर पनि चिनिने हुन् ।


१३२१ ई.


नेपाल थर शुरु गर्ने सर्वज्ञधर पण्डितका २ छोरा थिए - दैवुपाध्या नेपाल र धैवुपाध्या नेपाल । असोज १३७८ मा दैवुपाध्या दुल्लु छोडेर सर्देहवा (माथि चित्रित) पाल्पा छिरे । उनका दाजु धैवुपाध्या पुर्व झिल्टुङ, सिपा मण्डन गए । यहाँबाट पाल्पाका नेपाल र पुर्वका नेपालहरु छुट्टिन्छन् ।

१८ औं शताब्दी ई.


डांसु र तारु, दैवुपाध्याका सन्तान, माडीबाट म्यालपानी आई बसोबास गरे । डांसुका २ श्रीमती थिए । पहिलो श्रीमतीका सन्तान चाँपटारीमा बसे भने दोस्रो श्रीमतीका सन्तान म्यालपानी खस्यौलीमा बसे । त्यस ठाउँ भीड भएपछि, केही कटहरबारीतर्फ लागे भने केही म्यालपानीमै रहे । तारुका सन्तान म्यालपानी, पांघर (माडी), तथा खुट्लाम पाल्पामा थिए । टारी माथि चित्रित छ ।

१९ औं-२० औं शताब्दी ई.


पछि तारुका नाति, शिरोमणि (मेरो जिजुबुवाका हजुरबुवा) पनि कटहरबारी जानुभयो । धेरैजसो कटहरबारीका नेपालहरुको घर त्यहाँ भएपनि उनीहरु काठमाडौं, रुपन्देही, तथा अन्य जिल्लाहरुमा बसोबास गरिरहेका छन् । माथिको टारी कटहरबारीको घरमा मेरो बुबा हुर्किनुभयो र म जन्मिएँ । म रुक्मांगत नेपाल र स्वर्गीय श्रीमती सावित्रा नेपालको जेठो छोरा हुँ । म पाल्पामा जन्मिए पनि भैरहवामा हुर्के र काठमाडौंमा पढे । मेरा दिवंगत हजुरबा हजुरआमा प्रेम नारायण नेपाल शंकरपुर, तिलोत्तमा नगरपालिका, रुपन्देही जिल्ला, लुम्बिनी अञ्चल (बुटवल र भैरहवा बीच) मा बस्नु हुन्थ्यो ।

यहाँ गएर मेरो नेपाल परिवारको वंशावली हेर्नु होला ।
फोटो र सामग्री सन्दर्भ:
https://www.dailymail.co.uk/sciencetech/article-4574046/Homo-sapiens-evolved-100-000-years-EARLIER-thought.html
https://www.sciencemag.org/news/2016/01/grisly-find-suggests-humans-inhabited-arctic-45000-years-ago
https://scroll.in/article/936872/two-new-genetic-studies-upheld-aryan-migration-theory-so-why-did-indian-media-report-the-opposite
https://www.instagram.com/badrinath.temple.official/
https://www.instagram.com/govindasiwakoti/
https://www.facebook.com/FilmingKarnali/about
https://roundsimaging.com/galleries/nepal-peace-corp-photos/individual-contributors/virgil-miedema/
https://www.facebook.com/mysardewa/about